• १० असोज २०८३, शनिबार
  • ११ः२२ राती

ट्वीटरमा #BoycottCAN अभियान चलिरहँदा प्रचण्डलाई विश्वप्रकाशको प्रश्न : कि यो प्रकरणमा पनि अदालत कुरौं?

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार ०२:४१

२० माघ २०७९, काठमाडौँ: बलात्कार आरोपित सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा संलग्न गराएकोमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । हाल जमानतमा बाहिर रहेका लामिछानेलाई हिजो नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाएको थियो ।

National Life

सामाजिक संजालमा क्यानको सो निर्णयको आलोचना भइरहेको छ। ट्वीटरमा सन्दीपलाई खेल्न दिएसम्म क्यानलाई बहिष्कार गर्नुपर्ने अभियान समेत चलाइएको छ। भोलि माइतीघरमा यसै विषयलाई लिएर प्रदर्शन पनि हुने भएको छ। हाल ट्वीटरमा #BoycottCAN अभियान चलिरहँदा कांग्रेस महामन्त्रीले पनि प्रश्न उठाएका हुन् । महामन्त्री शर्माले क्यानका अध्यक्षलाई समेत आफूले टेलिफोन गरेर खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्छ या पर्दैन भनेर प्रश्न गरेको उल्लेख गरेका छन् ।


शर्माले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर ‘खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन?’ भनेर प्रश्न गरेको समेत बताएका हुन् । हाल खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालिरहेका छन्। त्यसैले शर्माले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउँदै ‘कि सहि भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस्’ भनेर लेखेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्रीले रवि लामिछाने प्रकरणमा अदालतको पूर्णपाठ कुर्ने बताइरहँदा त्यसैप्रति इंगित गर्दै शर्माले प्रश्न गरेका हुन् । शर्माले प्रश्न गरिरहँदा भने ट्वीटर प्रयोगकर्ताले उल्टै उनलाई पनि प्रश्न गरिरहेका छन्। चतुर बहादुर चन्द कांग्रेस निकट नै भएको भन्दै शर्मामाथि प्रश्न तेर्साइरहेको छ।


सन्दीप अहिले बन्द प्रशिक्षणका क्रममा कीर्तिपुरमा छन्। मुद्दाको फैसला नहुँदै र जमानतमा बाहिर रहेको अभियुक्तलाई राष्ट्रिय टिममा नै स्थान दिएकोमा क्यानको चर्को आलोचना भइरहेको छ।

https://twitter.com/bishwaprakash77/status/1621415304877477893?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1621415304877477893%7Ctwgr%5E442abc925f3f580bd4869dce8a90b97493cafc2b%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fpahilopost.com%2Fcontent%2F20230203140648.html

प्रतिकृया