• ३० साउन २०८३, शनिबार
  • ७:०८ बेलुका

मधेसलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा

प्रकाशित मिति

२०७९ माघ ६ गते, शुक्रबार १२:३६

६ माघ, २०७९, काठमाडौँ: सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेटको फाइनलमा पुगेको छ । इटहरीको जनता क्रिकेट पार्कमा शुक्रबार मधेस प्रदेशलाई ११४ रनले हराउँदै सुदूरपश्चिम अन्तिम २ मा पुगेको हो ।


१८१ रनको लक्ष्य पछ्याएको मधेसले पुरै ओभर खेलेर ८ विकेट क्षतिमा मात्र ६६ रन बनायो। प्रतिमा शाहले १९ र सिमा कुँवरले १६ रन जोडिन्। सुदूरपश्चिमका मनिशा चौधरी र ऋतु कनौजियाले २–२ तथा कविता कुँवर र स्नेहा महराले १–१ विकेट लिए।

Kamana Sewa

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पुरै ओभर खेलेर २ विकेट क्षतिमा १८० रन बनाएको थियो । पहिलो विकेटको लागि कविता कुँवर र कप्तान विन्दु रावलले ९४ बलमा १२८ रनको कीर्तिमानी साझेदारी गरे। कविताले ५४ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ७० रनको योगदान गरिन्।

Classic Tech Desktop

विन्दु रावलले ५२ बलमा अविजित ६० रन जोडिन्।

प्रतिकृया