• ३१ भदौ २०८३, बुधबार
  • ७ः२९ बेलुका

मन्त्री पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दामा पुनरावेदन गर्ने अख्तियारको तयारी

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार १०:५३

४ माघ, २०७९, काठमाडौँ : राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा दायर मुद्दामा सफाइ पाएका ठेकेदार विक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन् । उनले मंगलबार पद तथा गोपनीयताको सपथ सँगै पदभार समालेका छन् ।

National Life

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतबाट पाण्डेका पक्षमा भएको फैसलाप्रति असन्तुष्ट अख्तियार पुनरावेदनमा जाने तयारी गरिरहेकै बेला ठेकेदार कम्पनीका मालिक समेत रहेका पाण्डे सहरी विकासमन्त्री भएका हुन् ।


प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीको टिकटमा चितवन निर्वाचन क्षेत्र ३ बाट निर्वाचित पाण्डे कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख तथा ुकु वर्गका ठेकेदार हुन् । गत असार ६ गते विशेष अदालतले पूर्ववनमन्त्रीसमेत रहेका पाण्डेसहित २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको थियो । नागरिक दैनिकमा समाचार छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया