• 1:25 am

राप्रपाका प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार ११:२६

४ माघ २०७९, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक मनोनीत भएको छन् । जुम्लाबाट निर्वाचित सांसद शाही सचेतकमा चयन भएको राप्रपाले जनाएको छ ।


संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । उनी यसअघि राप्रपाको पार्टी प्रवक्तासमेत मनोनीत भएका थिए ।


आज बसेको संसदीय दलको बैठकले ‘मलाई प्रमुख सचेतक तोकिएको पत्र प्राप्त भएको छ’, शाहीले भने, ‘मैले पार्टीभित्र पनि यो जिम्मेवारी दिन आग्रह गरेको थिएँ ।’

प्रतिकृया