• 3:10 pm

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

प्रकाशित मिति

२०७९ पुष २२ गते, शुक्रबार ११:०३

२२ पुस २०७९, काठमाडौँ: पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य शुक्रबार प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ पुगेको हो ।


यस्तै आज चाँदीको मूल्यमा पनि २० रुपैयाँको गिरावट आएको छ । बिहीबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको हो ।

प्रतिकृया