• ९ असोज २०८३, शुक्रबार
  • ६ः२८ बेलुका

पेलेको अन्तेष्टिमा सहभागी नभएपछि नेमारको आलोचना

प्रकाशित मिति

२०७९ पुष २१ गते, बिहीबार १०:३१

२१ पुष, २०७९, काठमाडौँ: विश्व फुटबलका महान फुटबलर पेलेको अन्तिम संस्कारमा सहभागी नभएपछि ब्राजिलियन स्टार नेमारको चर्को आलोचना भइरहेको छ । विश्वभरका फुटबल समर्थकले नेमार यो शताब्दीकै महान फुटबलरको अन्त्यष्टिमा सहभागी नहुनु अत्यन्तै दु:खद् भएको भन्दै समर्थकहरूले नेमारको आलोचना गरेका हुन् ।

National Life

ब्राजिलका चर्चित कार्यक्रम प्रस्तोता जोसे लुइज डाटेनले पेलेको अन्तिम संस्कारमा नेमार अनुपस्थित हुनु सर्वनाक भएको बताए। उनले भने ‘यदि नेमारले चाहेको भए उनलाई पिएसजीले अन्तिम संस्कारका लागि विदा दिने थियो। त्यसोत उनले बेलाबखतमा आवश्यक्ता अनुसार विदा मिलाएर आइरहेकै हुन्छन्। यस्तो अवस्थामा म पेलेको अन्तिम विदाईमा जान्छु भन्दा क्लबले कसरी रोक्न सक्थ्यो?’ उनले भने ‘नेमारले पेलेको कफिन बोक्नु पर्थ्यो यस्ले ब्राजिलियन फुटबलमा नयाँ अध्यायको विकास गर्थ्यो। जुन हुन नसक्नु दुखद् हो।’


ब्राजिलियन स्टारले पेलेको अन्तिम संस्कार र श्रद्धाञ्जली लागि इन्स्टाको सहायता लिनु आफैमा दुखद् भएको उनको बुझाइ छ। ब्राजिलियन लेजेन्ड पेलेले फुटबललाई खेल मात्र होइन मनोरञ्जन हो भनेर विश्वलाई प्रमाणित गरेकाले उनको अन्तिम विदाईमा विश्वका चर्चित स्टारको उपस्थिति जरुरी रहेको समेत बताएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

समर्थकहरूले समेत नेमारको पछिल्लो ब्यवाहारको खुलेर आलोचना गरेका छन्। ब्राजिलभित्र र बाहिरपनि नेमार अन्तिम संस्कारमा सहभागी नहुनु खेदजनक भएको भन्दै उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। ८२ वर्षको उमेरमा गत साता पेलेको निधन भएको थियो।

प्रतिकृया