नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जालपा माध्यमिक विद्यालय चेवा प्रथम
प्रकाशित मिति
२०७९ पुष १५ गते, शुक्रबार १२:१२
१५ पुष, २०७९, काठमाडौँ : सङ्खुवासभाको खाँदबारी नगरपालिकाको शिक्षा,युवा तथा खेदकुद शाखाले नगरपालिका स्तरीय अन्तर माध्यामिक विद्यालय (कक्षा ९–१०) हाजिरी जवाफ प्रतियोगिता श्री जालपा माध्यमिक विद्यालय चेवा प्रथम भएको छ ।खाँदबारीको श्री हिमालय माध्यमिक विद्यालयमा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको खाँदबारी नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयबाट जम्मा बाह्र वटा विद्यालयहरु सहभागी रहेका थिए । सहभागी विद्यालयहरु मध्ये श्री जालपा माध्यमिक विद्यालय चेवा प्रथम भएको भएको हो । त्यस्तै श्री सनसाइन अंग्रेजी माध्यमिक विद्यालय र श्री कुनिना बोर्डिङ स्कुल सेकाहा क्रमःश दोस्रो र तेस्रो भएका छन् । प्रथम हुने कक्षा १० का छात्र नेल्सन रेग्मी र कक्षा ९ का छात्रा करिना ओझाले प्रमाणपत्र सहित नगद ६ हाजार रुपियाँबाट पुरस्कृत भएका छन् ।
दोस्रो र तेस्रो हुनेले प्रमाणपत्र सहित नगद रु चार हजार र दुई हाजार प्राप्त गरेको नगरपालिकाले जनाएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले हरेक बर्ष अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ, निबन्ध प्रतियोगित, विज्ञान प्रर्दशनी लगायत कार्यक्रम गरी प्रतिभाको खोजी गर्दै आएको छ । आगामी पुस २७ गते अन्तर आधारभूत तह (कक्षा ६–८) हाजिरी जवाफ संचालन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिकृया