• 7:20 pm

मादक पदार्थ सेवन गरी ट्याक्सी चलाउँदै गरेका १ जना चालक प्रहरीकाे नियन्त्रणमा

प्रकाशित मिति

२०७९ पुष १५ गते, शुक्रबार ११:३९

१५ पुष, २०७९, काठमाडौँ: ट्राफिक प्रहरीको नियमित रात्रिकालिन चेकीङको क्रममा मादक पदार्थ सेवन गरी ट्याक्सी चलाउँदै गरेका १ जना चालकलाई नियन्त्रणमा लिई अभद्र व्यवहारमा मुद्धा चलाएको छ । काठमाडौँको ठमेल स्थित पकनाजोलमा बुधबार राति भएको चेकिङमा बा १ ज ६९ ५६ नम्बरको भाडाको ट्याक्सीका चालक गोर्खाको भिमसेनथापा गाँउपालिका २ घर भई हाल काठमाडौको नयाँबजार खुसिबु बस्दै आएका २५ बर्षका गोकर्ण लामिछानेलाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।


लामिछानेलाई जिल्ला प्रशासन कार्यालय बबरमहलबाट अभद्र व्यबहार मुद्धामा दिन ५ (पाँच) म्याद थप अनुमती लिइ प्रहरी वृत्त लैनचौरमा राखेर अनुसन्धान शुरु गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो । रमाइलो वा चिसोको बहानामा पिएको नशालु पदार्थले मस्तिष्कको सोचाई क्षमतामा ह्रास आउने र सवारी साधनको रफ्तार समेत आंकलन गर्न नसक्ने हुँदा गम्भीर सवारी दुर्घटना हुने जोखिमलाई नकार्न नसकिने भएकाले सम्भावित दुर्घटना रोकथामका लागी मा.प.से चेकजाँचलाई ट्राफिक प्रहरीले तिव्रता दिईएको समेत उहाँले बताउनुभयो ।

प्रतिकृया