२ दिन उच्च अंकले बढेको नेप्सेमा आज सामान्य गिरावट
प्रकाशित मिति
२०७९ पुष १३ गते, बुधबार ०४:१७
१३ पुस २०७९, काठमाडौँ : आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । २ दिन बजार उच्च अंकले बढेपछि आज लगानीकर्ताहरूले नाफा बुक गर्दा करेक्सन आएको विश्लेषक बताउँछन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा झरेको छ । नेप्से ०.६० प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ४.७२ अंकले घटेर ३८१.३२ विन्दुमा झरेको छ ।
कूल २५७ वटा कम्पनीको ६५ लाख ३० हजार ४ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २ सय ७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको सेयर घटेको छ । बाँकी ५ वटा उपसमूहकोे सेयर बढेको छ ।
बुधबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ। बैंकको ८ करोड ८५ लाख १९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । यस दिन ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स, प्रभु लाइफ, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज महुली लघुुवित्त वित्त्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५.२० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २० रूपैयाँमा झरेको छ।








प्रतिकृया