• ५ साउन २०८३, मंगलबार
  • ११:४१ बिहान

कांग्रेस संसदीय दलकाे निर्वाचन सम्पन्न

प्रकाशित मिति

२०७९ पुष ६ गते, बुधबार १०:२४

६ पुष, २०७९, काठमाडौँ: नेपाली कांग्रेस संसदीय दलकाे निर्वाचन सम्पन्न भएकाे छ। बुधबार बिहान करिब ९ बजेदेखि सुरु भएकाे निर्वाचन केहीबेर अघिमात्र सम्पन्न भएकाे निर्वाचनमा खटिएका पार्टीका एक नेताले जानकारी दिए। निर्वाचनमा कुल ८९ मत खसेकाे हाे। सुत्केरी सांसद्लाई मतदान गराउन प्रतिनिधिहरू अस्पताल मै पुगेका थिए।


सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिहरू अस्पताल गएका हुन्। उनी ओम अस्पतालमा छिन्। आज बिहान ८ बजे सुरु हुने भनिएकाे निर्वाचन करिब ९ बजेमात्र सुरु भएकाे थियाे।

Kamana Sewa

संसदीय दलकाे नेताका लागि कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुँदैछ।

Classic Tech Desktop

प्रतिकृया