• ३१ भदौ २०८३, बुधबार
  • ६ः३६ बेलुका

बेलीमाया तामाङ्गलाई आइएमईको १० लाख उपहार

प्रकाशित मिति

२०७९ पुष ५ गते, मंगलवार ०८:१९

५ पुस २०७९, काठमाडौँ: आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो ।

National Life

मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएकी तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरेकी थिइन्। मंगलबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया