• ३१ भदौ २०८३, बुधबार
  • १०ः१६ राती

तीन देशका राजदूतले बुझाए राष्ट्रपति भण्डारीसमक्ष आहोदाको प्रमाणपत्र

प्रकाशित मिति

२०७९ पुष ५ गते, मंगलवार ०५:००

५ पुस २०७९, काठमाडौँ: नेपालका लागि विभिन्न तीन देशका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

National Life

नेपालका लागि संयुक्त अरब इमिरेट्‌सका राजदूत अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, संयुक्त गणतन्त्र ताञ्जानियाका राजदूत कापुफी एमबेगा र सर्बियाका राजदूत सिनिसा पेभिकले राष्ट्रपति भण्डारीसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।


उनीहरुमध्ये संयुक्त अरब इमिरेट्सका आवासीय राजदूत हुन् भने ताञ्जानिया र सर्बियाका गैरआवासीय राजदूत हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया