• 4:49 pm

नेप्से परिसूचक दाेहाेराे अंकले बढ्याे

प्रकाशित मिति

२०७९ पुष ५ गते, मंगलवार ०३:३७

५ पुस २०७९, काठमाडौँ: आज (मंगलबार) पनि सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार भएका १३ वटै उपसमूह बढेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा पुगेकाे छ । नेप्से ०.७६ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.६८ अंकले बढेर ३६६.६५ विन्दुमा पुगेको छ ।


कूल २५७ वटा कम्पनीकाे ३० लाख २२ हजार ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ९३ करोड ८ लाख ३९ हजार ९ सय १ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ ।


मंगलबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे ६ कराेड ३८ लाख ३७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज ३ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आँधिखोला लघुवित्त, श्रृजनशिल लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।


यस दिन सनराइज ब्लुचीप फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ४.६७ प्रतिशतले घटेर ७ रूपैयाँ १५ पैसामा झरेकाे छ ।

प्रतिकृया