युनियन हाईड्रोपावरले डाक्यो साधारणसभा
प्रकाशित मिति
२०७९ मंसिर २९ गते, बिहीबार १०:२८
२९ मंसिर २०७९, काठमाडौँ : युनियन हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १६ औँ बार्षिक साधारणसभा आह्वान गरेको छ ।कम्पनीको मंशिर २९ गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार १६ औ बार्षिक साधारणसभा पुस २२ गते होटल सिद्धार्थ कटेज ललितपुरमा बिहान ११ बजेदेखि सुरु हुने छ । भने सभा बिद्युतिय माध्यामबाट समेत सञ्चालन हुनेछ ।
सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
सभाबाट नयाँ सञ्चालकहरुको चयन समेत हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन ।कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रतिकृया