• ३१ भदौ २०८३, बुधबार
  • ६ः३५ बेलुका

स्विटजरल्याण्डविरुद्ध रोनाल्डोलाई बेन्चमा राखिएपछि प्रेमिका आक्रोशित

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार ०८:२०

२२ मंसिर २०७९, काठमाडौँ : पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई स्विट्जरल्याण्डविरूद्धको खेलमा बेन्चमा राखिएपछि उनकी प्रेमिका आक्रोशित भएकी छन्। मंगलबार राति भएको खेलमा रोनाल्डोलाई सुरुवाती ११ मा नहालिएपछि उनकि प्रेमिका जर्जिना रोड्रिगेज आक्रोशित भएकी हुन्।

National Life

रोनाल्डो सुरुमा बेन्चमै थन्किएको खेलमा पोर्चुगलले स्विटजरल्यान्डविरुद्ध ६-१ को जित निकाल्दा पनि मोडलसमेत रहेकी रोड्रिगेजको आक्रोश सामाजिक सञ्जालमा पोखिएको हो। सुरुवाती ११ मा नपरेपछि बेन्चमा थन्किएका रोनाल्डो उदाश थिए। ‘हामीले ९० मिनेटसम्म विश्वकै उत्कृष्ट खेलाडीको खेल हेरेर मजा लिने अवसर पाएनौँ, यो लाज लाग्ने कुरा हो।’


रोनाल्डोलाई सुरुमै मैदानमा नउतार्ने प्रशिक्षक फर्नान्डो सान्तोषको निर्णयमा उनले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिन्। ‘फ्यानहरूले तपाईँको नाम लिन छोडेका थिएनन्,’ उनले भनेकी छन्, ‘मलाई आशा छ, भगवान र तपाईंको प्रिय मित्र फर्नान्डोले अर्को खेल खेलाउनु हुनेछ।’

Classic Tech Mobile
Classic Tech Desktop

तर रोनाल्डोकी प्रेमिकाले आक्रोश पोखिरहे पनि पोर्चुगलका गोन्सालो रामोस स्विटजरल्यान्डविरुद्ध चम्किए। रामोसले यो विश्वकपकै पहिलो ह्याट्रिक गरेर अब रोनाल्डोका लागि स्थान सुरक्षित नरहेको सन्देश दिइसकेका छन्। स्विटजरल्यान्डविरुद्धको खेलमा रोनाल्डो खेलको ७४ औँ मिनेटमा मात्रै मैदान पसेका थिए।

प्रतिकृया