• १३ असोज २०८३, मंगलबार
  • ६ः४३ बिहान

लेनदेनको विषयमा विवाद हुँदा इन्द्रचोकमा एक चिनियाँले गरे दुई चिनियाँमाथि चक्कु प्रहार

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ०६:५०

१८ मंसिर, २०७९, काठमाडौं : काठमाडौंको इन्द्रचोकमा दुई जना चिनियाँ नागरिकमाथि चक्कु प्रहार भएको छ। आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले धारिलो हतियार चक्कु प्रहार गरी दुई जना चिनियाँ नागरिकलाई घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

National Life

३७ वर्षीय फेङ्गजेङ्ग युनले ३२ वर्षीय लि चुआन र २९ वर्षीय गान साउजिंगमाथि चक्कु प्रहार गरेका हुन्। प्रहरीका अनुसार उनीहरूबीच विवाद भएको थियो। विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन्। उनीहरू नेपालमा घुम्न आएका हुन्। तर बीच सडकमै आर्थिक लेनदेनको विषयमा विवाद भएपछि घटना भएको हो। दुई वर्ष उनीहरू जाम्बियामा सँगै बसेको प्रहरीले जनाएको छ।


घाइते दुबै जनाको उपचारको लागि ट्रमा सेन्टर लगिएको छ। लि चुआनको पेटमा र साउजिंगको कानमा चोट लागेको एसपी मैनालीले बताए। उनका अनुसार लिको अवस्था गम्भीर छ। प्रहरीले आरोपित युनलाई पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान अघि बढाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया