• ४ साउन २०८३, सोमबार
  • १:३२ बिहान

कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ०७:३७

१८ मंसिर, २०७९, काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ। राउत निवास गल्फुटारमा दुई नेताबीच आइतबार भेटवार्ता भएको हो। भेटमा उनीहरुले निर्वाचनमा विजयी भएकोमा एकअर्कालाई बधाइ दिएका थिए। साथै यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा, नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्यको विषयमा पनि दुई नेताबीच छलफल भएको छ।


नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि समर्थन जुटाउन उपसभापति खड्काले पछिल्लो समय सक्रियता बढाएका छन्। उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरिसकेका छन्। सोही क्रममा आज खड्काले राउतसँग भेट गरेका हुन्।

Kamana Sewa

राउतले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए। उनी सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको बताइएको छ।

Classic Tech Desktop

प्रतिकृया