• ४ साउन २०८३, सोमबार
  • ७:५९ बेलुका

नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा आज

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ११:१३

१८ मंसिर, २०७९, काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौँतीसौँ वार्षिक साधारण सभा आज मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । सभाबाट कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Kamana Sewa

प्रतिकृया