• १८:५५ २०८१ बैशाख १ गते
  • 6:55 pm

नोभेम्बरमा मात्रै ७२ हजार ६५३ पर्यटक नेपाल आए

प्रकाशित मिति

२०७९ मंसिर १५ गते, बिहीबार ०६:५९

Thamel tourist

१५ मंसिर २०७९, काठमाडौँ : गएको नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को ११ महिनामा झन्डै साढे पाँच लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डको तथ्यांकअनुसार अधिकांश पर्यटकहरु हवाइमार्ग भएर नेपाल आएका हुन् ।


जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २१३ पर्यटक भित्रिएको बोर्डले जनाएको छ । यीमध्ये नोभेम्बर महिनामा मात्र ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएका हुन् । पर्यटन बोर्डका अनुसार जनावरी महिनामा १६ हजार ९ सय ७५, फेब्रुअरीमा १९ हजार ७ सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५ सय ८९, मेमा ५३ हजार ६ सय ८ जना पर्यटक नेपाल आएका थिए ।


त्यसैगरी जुन महिनामा ४६ हजार ९ सय ५७, जुलाईमा ४४ हजार ४ सय ६२, अगस्टमा ४१ हजार ३ सय ४, सेप्टेम्बरमा ५८ हजार ३ सय १४, अक्टोबरमा ८८ हजार ५ सय ८२ जना पर्यटक नेपाल भित्रिएका थिए ।

प्रतिकृया