• ३१ भदौ २०८३, बुधबार
  • ६ः३७ बेलुका

विश्वकप फुटबल : इरानलाई पराजित गर्दै अमेरिका नकआउट चरणमा

प्रकाशित मिति

२०७९ मंसिर १४ गते, बुधबार ०७:१२

१४ मंसिर २०७९, काठमाडौं : अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको अन्तिम खेलमा अमेरिकाले इरानलाई १-० ले पराजित गरेको हो। यो जितसँगै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो। महत्त्वपूर्ण खेलमा अमेरिकाको जितका लागि निर्णायक गोल खेलको ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गरे।

National Life

यो जितसँगै समूह ‘बी’को उपविजेता बन्दै अमेरिका नकआउट चरण प्रवेश गरेको हो। तीन खेल खेलेको अमेरिकाले पाँच अंक जोडेको छ। प्रतियोगिताबाट बाहिरिएको इरानले भने तीन अंक मात्र बनाएको छ।

प्रतिकृया