• २२:२० २०८० चैत्र १५ गते
  • 10:20 pm

निफ्राको ९० करोड लाभांश पारित

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०७:०८

nifra arthasnasar 20220923113310 1 e1669555178139

११ मंसिर, २०७९, काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शनिवार चौथो वार्षिक साधारण सभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमाडौँमा सम्पन्न भएको छ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गर्नुका साथै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरेको छ ।


त्यस्तै कम्पनीले साधारणसभाबाट पारित भइसकेकाले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरिएको नगद लाभांश तुरुन्तै सेयरधनीहरुको खातामा पठाउन सूरु गर्ने जनाएको छ । अब साधारणसभाबाट पारित भइसकेकाले आईतबारदेखि नै हामि सेयरधनीको बैंक खातामा पठाँउन सुरु गर्छौ निफ्रा स्रोतले भन्यो ।

प्रतिकृया