मोरक्कोसँग गोलरहित बराबरीमा रोकियो क्रोएसिया

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०६:०५

७ मंसिर २०७९, काठमाडौँ : कतार विश्वकप फूटबलमा क्रोएसिया मोरक्कोसँग बराबरीमा रोकिएको छ । बुधबार अलबायत रंगशालामा भएको आफ्नो पहिलो खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको हो । रसिया विश्वकपको उपविजेता क्रोएसिया बलियो टिम हो । तर उसले पहिलो खेलमै बराबरी खेलेको छ । समूह एफ मा रहेका दुवै टोलीले बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् । यो समूहमा बेल्जियम र क्यानडा पनि छन् ।

प्रतिकृया