पिपुल्स हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०५:२८

७ मंसिर २०७९, काठमाडौँ : पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि कार्तिक २९ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज ९मंसिर ७ गते, बुधबार० सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालय, नक्साल, काठमाडौँमा सम्पन्न गरिएको थियो ।


मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ५ लाख १५ हजार ७ सय ८८ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।


कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ३० हजार ६ सय ५ जना लगानीकर्ताहरूले आवेदन दिएकामा ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको छ । बाँकी रहेका १२ लाख २७ हजार ५९ जना योग्य आवेदकलाई बाँडफाँडमा समावेश गराइएको थियो ।


कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित कुल ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।


कसरी हेर्ने नतिजा ?
कम्पनीको आईपीओको नतिजा ४ तरिकाबाट हेर्न सकिन्छ । सिडीएसले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएको वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, पिपुल्स हाइड्रोको वेबसाइट र मेरो सेयरमाबाट नतिजा हेर्न सकिन्छ ।

प्रतिकृया