• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

विश्वकप फुटबल हेर्न नेपाल टेलिकमले ल्यायो विशेष प्याकेज

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार ११:०८

४ मंसिर, २०७९, काठमाडौँ: नेपाल टेलिकमले कम्पनीका एनटीटीभी ग्राहकहरुका लागि विश्व कप फुटबल–२०२२ हेर्न छुट्टै प्याकेज ल्याएको छ । मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा वल्र्ड कप प्याकेज उपलब्ध गराउने भएको हो ।


टेलिकमका अनुसार फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क रु. ५६५।– एनटीटीभीका ग्राहकहरुले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगई घरमै बसेर पनि खरिद गर्न सकिनेछ । यसका लागि वल्र्ड कप प्रसारण हुने हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’ मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नु पर्नेछ । त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटीपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ । सेवा खरिद गर्दा ग्राहकको मोबाइल व्यालेन्सबाट रकम काटिनेछ ।

Kamana Sewa

फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि तोकिएको फिफा वल्र्ड कप प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकहरुलाई उक्त प्याकेज खरिद गर्न प्रयोग गरिएको मोबाइल नम्बरमा कम्पनीका तर्फबाट २८ (अठ्ठाइस) दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा समेत निशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

Classic Tech Desktop

टेलिकमका अनुसार फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क रु. ५६५।– एनटीटीभीका ग्राहकहरुले नजिकको कम्पनीको ग्राहक सेवा केन्द्रमा गएर पनि बुझाउन सकिन्छ । विश्व कप फुटबल अवधिभर उपलब्ध हुने सो अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

प्रतिकृया