मौन अवधिमा प्रचार गरेको भन्दै पर्सामा २ जना पक्राउ

प्रकाशित मिति

२०७९ मंसिर ३ गते, शनिबार ०५:४८

३ मंसिर, २०७९, काठमाडौँ : मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्सामा दुई जनालाई पक्राउ गरेको छ ।जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली– ९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् ।


पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो । गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरुलाई पक्राउ गरेर सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

प्रतिकृया