• ४ साउन २०८३, सोमबार
  • ८:११ बेलुका

नेपाल लाइफद्वारा ५४ अर्ब ७६ करोड दाबी भुक्तानी

प्रकाशित मिति

२०७९ मंसिर ३ गते, शनिबार ०७:०६

३ मंसिर २०७९, काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ( NLIC) ले ५४ अर्ब ७६ करोड दाबी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी हो । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५ अर्ब ३ करोड मृत्यु दावी, १५ अर्ब २६ करोड अवधि समाप्ति दावी भुक्तानी र १८ अर्ब ५३ करोड आंशिक अवधि भुक्तानी गरिसकेको छ ।


यसका साथसाथै अन्य शीर्षक जस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दावी, घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५ अर्ब ९४ करोड दावी भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ । बीमित र बीमक बिचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथासमयमा भुक्तानी (दावी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

Kamana Sewa

अवधि भुक्तानी दावी बीमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दावी तथा अन्य क्षतिको दावी बीमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ तर बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ । त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिने गरिएको नेपाल लाइफले जनाएको छ ।

Classic Tech Desktop

बीमितहरुलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दावी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरि सातै वटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु गुणस्तरीय रुपमा प्रदान गर्दै आइरहेको छ।

प्रतिकृया