प्रिमियर इन्स्योरेन्सले नाफाबाट १५ प्रतिशत लाभांश दिने

प्रकाशित मिति

२०७९ मंसिर १ गते, बिहीबार ०३:१०

१ मंसिर २०७९, काठमाडौं : प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकको निर्णयले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड रहेको छ। कम्पनीले वितरण गर्न लागेको १५ प्रतिशत लाभांशमध्ये ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख बराबरको बोनस सेयर वितरण गर्ने छ।


यस्तै १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नेपाल बीमा प्राधीकरण तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारी भएपछि लगानीकर्ताले पाउने छन्। कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा १४.२४ प्रतिशत बोनश सेयर तथा ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिकृया