• १२:३१ २०८० चैत्र १६ गते
  • 12:31 pm

जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७९ कार्तिक ३० गते, बुधबार ०५:२७

Arrest pakrau e1662883798182

३० कात्तिक २०७९, काठमाडौँ : जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी प्रसौनी गाउँपालिका-५ बेलहिया टोल बस्ने २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । श्यामले १७ वर्षीया बालिकालाई ललाई फकाई पटक/पटक जबरजस्ती करणी गर्नुका साथै पीडितको जबरजस्ती गर्भपतन समेत गराएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।


वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले प्रसौनी गाउँपालिका-५ बेलहिया टोलस्थित लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी तथा गर्भ पतन मुद्दामा जिल्ला अदालत बाराबाट ४ दिनको म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया