• 5:37 pm

नेप्सेमा गिरावट, १.३३ अंकले घटेर ३७३.७१ विन्दुमा

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार ०३:४१

२९ कार्तिक २०७९, काठमाडौं : आज (मंगलबार) सेयर बजारमा फेरि गिरावट देखिएकाे छ । नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेकाे छ । नेप्से ०.३५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.३३ अंकले घटेर ३७३.७१ विन्दुमा झरेको छ ।


कूल २२९ वटा कम्पनीकाे २७ लाख ४५ हजार एक सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी १० वटा उपसमूहकाे सेयर भने घटेको छ ।


त्यसैगरी, मंगलबार काराेबार रकममा हिमालयन डिष्टीलरीले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ८ कराेड २२ लाख ३४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । आज सिटिजन्स म्युचुअल फण्ड १ काे मूल्य सबैभन्दा धेरै बढेकाे छ । उक्त फण्डकाे मूल्य ४.५८ प्रतिशतले बढेर ८ रूपैयाँ पुगेकाे छ ।


यस दिन तारागाउँ रिजेन्सीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.५६ प्रतिशतले घटेर ३ सय ५० रूपैयाँ २० पैसामा झरेकाे छ ।

प्रतिकृया