• २६ भदौ २०८३, शुक्रबार
  • ९ः४७ बिहान

म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता रद्द गर्न सक्ने

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार ०८:३७

२९ कात्तिक २०७९, एजेन्सी : क्रिष्टियानो रोनाल्डोले क्लबका विषयमा विवादास्पद टिप्पणी गरेपछि म्यानचेस्टर युनाइटेडले उनीसँगको सम्झौतालाई निरन्तरता नदिने चर्चा हुन थालेको छ। सोमबार टक टिभीसँगको संवादमा रोनाल्डोले मालिक ग्लेजरले क्लबप्रति पूर्ण वेवास्ता गरेको आक्षेपसहित विवादास्पद टिप्पणी गरेका थिए। त्यसकै आधारमा उनीसँगको सम्झौता क्लबले रद्ध गर्न सक्ने बिबिसीले जनाएको छ। क्लबबाट आफूले धोका महसुस गर्न थालेको रोनाल्डोको अभिव्यक्ति थियो।

National Life

‘म्यानचेस्टर युनाइटेड मार्केटिङ कम्पनी जस्तो भएको छ। यो क्लबले खेलाडीको व्यवसायिक अभिवृद्धमा ध्यान नै दिँदैन। अबको दुई-तीन वर्षमा यसको स्तर निकै खस्किएको हुनेछ,’ उनले भनेका छन्। रोनाल्डोको यो अभिव्यक्तिबारे अध्ययन गरिरहेको क्लबले जनाएको छ। सम्पूर्ण तथ्य केलाएपछि मात्रै आवश्यक कदम चाल्ने म्यानचेस्टर युनाइटेडको भनाइ छ।


‘हामीले अहिले आंशिक कुरा मात्रै सुनेका छौँ। अर्न्तवार्ता पूर्ण रूपमा सुनेर तथ्यका आधारमा क्लबले आफ्नो निर्णय लिनेछ,’ म्यानचेस्टर युनाइटेडले सोमबार भनेको छ। सन् २००३ देखि २००९ सम्मको अवधिमा रोनाल्डो त्यस क्लबका लागि एक सय १८ गोल गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया