• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

८२ प्रतिशतले बढ्यो सूर्या लाइफको मुनाफा

प्रकाशित मिति

२०७९ कार्तिक २८ गते, सोमबार ०६:३९

२८ कात्तिक, २०७९, काठमाडौँ: सूर्या लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको मुनाफामा वृद्धि भएको उल्लेख गरिएको छ ।


कम्पनीका अनुसार चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा कम्पनीले २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा ८२ दशमलव ५४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ११ करोड ३५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सले जानकारी दिएको छ ।

Kamana Sewa

यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १३ दशमलव ३१ प्रतिशतले बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ११ करोड ६४ लाख रुपैयाँ रहेको बताइएको छ ।

Classic Tech Desktop

असोज मसान्तसम्मको अवधिमा कम्पनीको जीवन बीमा कोष २९ दशमलव ६५ प्रतिशतले बढेर १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ रहँदा गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ११ अर्ब ५१ करोड २३ लाख रुपैयाँ रहेको थियो ।


समिक्षा अवधिमा जगेडा कोष २१ दशमलव ५०प्रतिशतले घटेर ७१ करोड २२ लाख रुपैयाँ, चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ, खुद दाबी भुक्तानी ६५ दशमलव १६ प्रतिशतले बढेर ३१ करोड ८९ लाख रुपैयाँ रहेको छ ।


हाल सूर्या लाइफ इन्स्योरेन्स ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय २६ रुपैयाँ २२ पैसा छ ।

प्रतिकृया