• २४ भदौ २०८३, बुधबार
  • ७ः२० बेलुका

चक्रीय अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ साइकल दौड प्रतियोगिता

प्रकाशित मिति

२०७९ कार्तिक २८ गते, सोमबार ०३:१६

२८ कात्तिक, २०७९, काठमाडौँ: विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रियस्तरको साइकल दौड प्रतियोगिता ‘याक अट्याक २०२२’ आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताको १४ औं संस्करणको पहिलो दिन उनीहरुले लमजुङमको बेंसीसहरदेखि पुमागाउ, बाग्लुङपानी, नजरे हुँदै चण्डिस्थान मकैडााडा झरेर बेंसीसहरसम्मको ३० किलोमिटरमा साइकल कुदाए ।

National Life

दोस्रो दिन सोमबार उनीहरु चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य मनाङ प्रवेश गर्नेछन् । उनीहरुले ७ दिन साइकल कुदाउने याक अट्याक कार्यक्रमका प्रबन्धक अजय पण्डित क्षेत्रीले बताए । उनका अनुसार प्रतियोगिताको पहिलो दिन पुरुष खुलातर्फ सशस्त्र प्रहरीका सुरज रानामगरले १ घण्टा ३५ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम भएका छन् ।


क्यानडाका कोरी वाल्लेस द्वितीय भएका छन् । उनले १ घण्टा ३५ मिनेट २२ सेकेन्डमा निर्धारित दूरी पार गरे । नेपालका कुमार तामाङ १ घण्टा ४० मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय भए ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरीले यसअघि लगातार ४ पटक प्रतियोगिता जितेका थिए । खुला महिलातर्फ नेपाल आर्मीका उषा खनालले १ घण्टा, ५९ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम भएकी छन् । अष्ट्रियाकी सब्रिना फिल्जमोस्टर १ घण्टा ५९ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गरी द्धितीय भईन् । नेपालकी हुमी बुढामगर २ घण्टा ३० मिनेट १७ सेकेन्डमा निर्धाति दूरी पार गरी तृतीय भईन् ।


प्रतियोगितामा ४० वर्ष माथिका मध्ये कोस्टारिकाका अन्ड्रिस गम्बोअले १ घण्टा ५६ मिनेट ५५ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम भए । नेपालका हर्क लामा १ घण्टा ५९ मिनेट १० सेकेन्ड सयममा निर्धारित दूरी पार गरी द्धितीय भएका छन् ।


इटालीका माइकल डि बेरारडिनो २ घण्टा ५ मिनेट ३ सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय भए । आयोजक माउन्टेन बाइकिङ वल्र्ड वाइड लिमिटेडका निर्देशक बेलायती नागरिक फिल इभान्सका अनुसार प्रतियोगितामा नेपाल सहित बेलायत, फ्रान्स, इटाली, जर्मन, अमेरिका लगायत ८ देशका १२ जना अन्तर्राष्ट्रिय साइकल रेसरले सहभागिता जनाएका छन् । नेपाली ९ जना छन् । २ जना विदेशी महिला समेत सहभागि छन् ।


प्रतियोगिताको पहिलो दिन लमजुङ, दोस्रो दिन मनाङको चामे, तेस्रो दिन मनाङ, चौथो दिन मनाङ गाउँमा विश्राम हुने कार्यक्रमका प्रबन्धक क्षेत्रीले बताए ।


पाँचौं दिन थोराङला फेदी, छैठौं दिन चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने विश्वकै अग्लो भञ्ज्याङ मानिएको थोराङला ९५,४१६ मि० पास गरेर मुस्ताङको कागवेनी, सातौं दिन कागवेनी वरपर, आठौं दिन कालोपानी पुगेर प्रतियोगिता सकिनेछ। प्रतियोगिता अवधिभर साइकल रेसरले २ सय २० किलोमिटर पार गर्ने उनको भनाई छ । फिल इभान्सका अनुसार विश्वव्यापी कोरोना संक्रमणका कारण २ वर्ष प्रतियोगिता भएन ।

प्रतिकृया