• २२ भदौ २०८३, सोमबार
  • ९ः१२ राती

खानीखोला हाइड्रोपावरको नाफामा उछाल, ईपीएसमा पनि सुधार

प्रकाशित मिति

२०७९ कार्तिक २८ गते, सोमबार ०१:१४

२८ कात्तिक, २०७९, काठमाडौँ: खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २६०.५० प्रतिशतले बढेको छ। गत वर्ष ७० लाख १९ हजार रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा बढेर २ करोड ५३ लाख रुपैयाँ भएको छ ।

National Life

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी बढेर ६ करोड ६७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले विद्युत बिक्रीको आम्दानी ४५.८८ प्रतिशतले बढेको छ।


चुक्तापुँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ २ करोड ६० लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष रिटेन अर्निङ ४ करोड ३० लाख रुपैयाँले ऋणात्मक थियो।

Classic Tech Desktop

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५.४३ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १.५१ रुपैयाँ थियो। पीई रेसियो ३२.२३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९४.४१ रुपैयाँ रहेको छ।

प्रतिकृया