• ३ साउन २०८३, आइतबार
  • ४:४६ बेलुका

मेस्सीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप टिम घोषणा

प्रकाशित मिति

२०७९ कार्तिक २६ गते, शनिबार ०६:५४

२६ कार्तिक २०७९,काठमाडौं : अर्जेन्टिनाले कतारमा हुने फिफा विश्वकप फुटबलका लागि टिम घोषणा गरेको छ। शुक्रबार अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीमा विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो। कतारमा नोभेम्बर २० बाट सुरु हुने विश्वकपका लागि केही देशका खेलाडी कतार पुगिसकेका छन् भने केहीले टिम घोषणा गरिरहेका छन्। कतार विश्वकपमा अर्जेन्टिना समूह ‘सी’ मा छ। यो समूहमा मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया समेटिएका छन्। अर्जेन्टिनाले पहिलो खेल साउदीसँग नोभेम्बर २२ मा खेल्दैछ।


अर्जेन्टिनाको टिम
गोलरक्षक-
इमिलियानो मार्टिनेज, जिरोनिमो रुली र फ्रान्को अर्मानी ।

Kamana Sewa

डिफेन्डर- नहुइल मोलिना, गोन्जालो मोन्टियल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलास ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कोस अकुना, निकोलास टाग्लिफिको र जुअन फोथ ।

Classic Tech Desktop

मिडफिल्डर- रोड्रिगो डे पउल, लेयान्द्रो परेडेस, एलेक्सिस माक अलिस्टर, गुइडो रोड्रिग्वेज, एलेजान्द्रो गोमेज, एन्जो फर्नान्डेज र एक्सक्वेल पालासिओस ।

फरवार्ड- एन्जल डिमारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलास गोन्जालेज, जोक्वीन कोरेया, पाउलो डिबाला, लियोनेल मेस्सी ।

प्रतिकृया