• १० असोज २०८३, शनिबार
  • ९ः२२ राती

रोनाल्डोको कप्तानीमा पोर्चुगलको विश्वकप टोली घोषणा

प्रकाशित मिति

२०७९ कार्तिक २५ गते, शुक्रबार ०८:००

२५ कात्तिक २०७९, एजेन्सी : क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन्।

National Life

अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर रेनाटो सान्चेसले टोली स्थान बनाउन सकेनन्। घाइते फरवार्ड डिएगो जोटाले पनि विश्वकप गुमाउनेछन्। समूह एच मा रहेको पोर्चुगलले मंसिर ८ गते घानासँग खेल्दै विश्वकपको सुरूआत गर्नेछ। यस्तै १२ गते उरूग्वे र १६ गते दक्षिण कोरियासँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।

पोर्चुगल टोली

Classic Tech Mobile
Classic Tech Desktop
  • गोलकिपर – डिओगो कोस्ट, रुई प्याट्रिसियो र जोसे सा
  • डिफेन्डर – जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा
  • मिडफिल्डर – विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा
  • फरवार्ड – जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा

प्रतिकृया