• २ असोज २०८३, शुक्रबार
  • ११ः५० बिहान

एमालेविरूद्ध देउवा र प्रचण्डले नक्कली मित लगाएका हुन् : ओली

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार ०६:०६

२४ कात्तिक २०७९, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नक्कली मित लगाएको टिप्पणी गरेका छन्। झापाको सुरूङ्गामा बिहीबार भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस र माओवादीबीचको गठबन्धनलाई नक्कली मितको संज्ञा दिए।

National Life

‘देउवाले प्रचण्डजीको टाउकाको मूल्य ५० लाख तोकेका थिए। प्रचण्डको पार्टीले देउवाजीलाई मार्न बम हानेको थियो। प्रचण्डलाई काँधमा बोक्न लेखेको रहेछ देउवा बाँचे, ओलीले भने, ‘आज दुई जना एमालेविरूद्ध नक्कली मित लगाएर हिँडेका छन्।’ सत्तारूढ गठबन्धन चुनावपछि भत्किने उनले बताए। सत्ताकै कारण उक्त गठबन्धन भत्किने दाबी उनको थियो।


संसदबाट एमालेको सरकार ढाल्न नसकेपछि गठबन्धनले सर्वोच्च अदालतबाट जालझेल गरी आफूलाई सरकारबाट हटाएको पनि उनले बताए। २१ वर्ष मुलुकको नेतृत्व गरेको कांग्रेसले उल्लेखनीय केही काम नगरेको ओलीको आरोप छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया