टी–२० विश्वकपको फाइनलमा पुग्यो इंग्ल्याण्ड, भारत १० विकेटले पराजित
प्रकाशित मिति
२०७९ कार्तिक २४ गते, बिहीबार ०४:५३
२४ कार्तिक २०७९, काठमाडौँ: इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको एडिलेट ओभलमा आज भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै विश्वकपको फाइनलको यात्रा तय गरेको हो ।
टस जितेर भारतलाई व्याटिङको निम्तो दिएको इंग्ल्याण्डले १६९को लक्ष्य पाएको थियो । भारतले दिएको लक्ष्यलाई इंग्ल्याण्डले १६औं ओभरमा बिनाकुनै नोक्सानी पुरा गर्यो । इंग्ल्याण्डको जितमा एलेक्स हेल्सले ४७ बलमा ८६ रनको योगदान गरे । साथै, जोस वटलरले सर्वाधिक ८० रन जोडे ।

भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रन बनाए । साथै, विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले भने कप्तान रोहित शर्माले २७ रन मात्र जोड्न सके ।

यस्तै सूर्यकुमार यादव १४ रनमा आउट भए भने ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट पबिलियन फर्किए । इंग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए भने क्रिस वोक्स र आदील राशिदले समान १ /१ विकेट लिए ।




प्रतिकृया