• 5:15 pm

प्रदेश १ मा आज सार्वजनिक बिदा

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार ०७:०१

२४ कात्तिक २०७९, काठमाडौँ : प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।


प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।

प्रतिकृया