• १९ भदौ २०८३, शुक्रबार
  • ९ः५८ राती

एक हप्तामा तीन सय जनालाई देखियो डेंगी

प्रकाशित मिति

२०७९ कार्तिक २० गते, आईतवार ०७:५७

२० कात्तिक २०७९, काठमाडौँ : पछिल्लो एक सातामा तीन सय जनामा डेंगीको संक्रमण देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएको हो। यो सँगै देशभर डेंगी संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ।


कात्तिक महिनाको सुरूमै संक्रमितको संख्या घटे पनि डेंगीको उच्च जोखिम मंसिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ।

Kamana Sewa

प्रतिकृया