• १० असोज २०८३, शनिबार
  • ११ः२३ राती

यु–१५ महिला च्याम्पियनसिप फुटबल : आज नेपाल र बङ्गलादेश खेल्दै

प्रकाशित मिति

२०७९ कार्तिक १९ गते, शनिबार ०८:१८

१९ कात्तिक २०७९, काठमाडौँ : १५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । बङ्गलादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।

National Life

पहिलो खेलमा नेपाल र बङ्गलादेश दुवैले भुटानलाई हराएका थिए । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो ।


च्याम्पियनसिपमा बङ्गलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया