• १२ असोज २०८३, सोमबार
  • ४ः४४ बिहान

इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्बन्धी छलफल

प्रकाशित मिति

२०७९ कार्तिक १९ गते, शनिबार ०८:०५

१९ कार्तिक २०७९, काठमाडौँ : इन्टरनेट तथा प्रविधिको प्रयोगले मानव जीवनमा ल्याएको सहजता एवं त्यसको प्रयोगका क्रममा ध्यान दिनुपर्ने मुद्दाका विषयमा खोटाङमा अन्तर्क्रिया भएको छ। भिजन फर चेञ्जले शुक्रबार दिक्तेल बजारमा इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्बन्धी समसामयिक छलफलको आयोजना गरेको हो। खोटाङ उद्योग वाणिज्य संघसँगको सहकार्यमा आयोजित कार्यक्रममा इन्टरनेट र प्रविधिको प्रयोग गर्दा ध्यान दिन सकिने सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र कानुनी मुद्दाहरुको विषयमा छलफल भएको कार्यक्रम व्यवस्थापक गीता बरामुले बताइन्।

National Life

वाणिज्य संघको हलमा भएको कार्यक्रममा खोटाङका स्थानीय तहमा डिजिटल सुशासन सम्बन्धी भएका गतिविधिहरूको मापन र सो माथि विचार विमर्श गरिएको थियो। समय सापेक्ष आवधिक रहन, इन्टरनेट र प्रविधि सम्बन्धी सार्वजनिक नीतिगत छलफलमा जागरुक सहभागिताका लागि इन्टरनेटरप्रविधिका बारेमा छलफल गर्न जरुरी रहेको भिजन फर चेञ्जले जनाएको छ।


कार्यक्रममा सहभागीले डिजिटल सुशासनका सन्दर्भमा खोटाङका स्थानीय तहले ध्यान नदिएको बताएका छन्। खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले स्थानीय तहमा डिजिटल सुशासनका सवालमा भएका प्रयास कम भएको जनाए। संघका प्रथम उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ, महासचिव मनोज बजिमय लगायतले दक्ष जनशक्ती अभावमा स्थानीय सरकारको डिजिटल सुशासन प्रभावकारी बन्न नसकेको औँल्याए।

Classic Tech Mobile
Classic Tech Desktop

सूचना, सञ्चार र प्रविधिमार्फत सरकारी सेवा सुविधा प्रदान गर्ने कार्यलाई डिजिटल सुशासन भनिन्छ। राष्ट्रिय परिचय–पत्र, बायोमेट्रिक्स कार्ड, मतदाता परिचय–पत्र, स्मार्ट ड्राइभिङ लाइसेन्स, नागरिक एप, इ–पासपोर्ट, इम्बोस्ड नम्बर प्लेट, जनगणना, स्मार्ट सिटी, कोभिड ट्रयाकिङ एप डिजिटल सुशासन अन्तरगतका सेवा हुन्।

प्रतिकृया