• १ असोज २०८३, बिहीबार
  • ११ः२९ राती

नयाँ रेड्मी ए-वान सिरिज स्मार्टफोनका विशेषता र मूल्य कस्तो छ ?

प्रकाशित मिति

२०७९ कार्तिक १८ गते, शुक्रबार ०६:१५

१८ कात्तिक २०७९, काठमाडौँ : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा ए सिरिज स्मार्टफोन सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए-वान र रेड्मी ए-वान प्लस सार्वजनिक गरिएको हो । यी स्मार्टफोनले द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गरेर प्रयोगकर्ताको दैनिक कार्यहरूलाई थप स्मार्ट, थप प्रभावकारी र थप सुविधाजनक बनाउँने कम्पनीको दाबी छ ।

National Life

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले सबैका लागि उचित मूल्यमा उच्च गुणस्तरको स्मार्टफोन उपलब्द गराउने लक्ष्य राखेको शाओमीले स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूका लागि नयाँ रेड्मी सिरिज लन्च गरेको बताए । रेड्मी ए-वान र रेड्मी ए-वान प्लस लन्च गरेसँगै कम्पनीले नयाँ प्रविधिहरू अनुकूलन गर्न र स्मार्टफोन प्रयोगकर्ताहरूलाई जीवनशैलीमा स्तरवृद्धि गराउन नयाँ स्मार्टफोन सेटहरुलाई अझ आकर्षक बनाउने डिजाइन, लामो ब्याट्री जीवन, र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गरेको उनको भनाई छ ।


‘रेड्मी ए-वान र रेड्मी ए-वान प्लस दुवैको लन्चसँगै, हाम्रो लक्ष्य भनेको नयाँ स्मार्टफोन युजरहरूलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउनु हो,’ कन्ट्री म्यानेजर पंडाले भने । रेड्मीले नयाँ स्मार्टफोनको साथ स्मार्ट जीवनशैलीमा स्तरवृद्धि गर्न चाहने नयाँ प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । बजेटभित्र रहेर आकर्षक डिजाइन, लामो ब्याट्री जीवन र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गर्दै, रेड्मी ए-वान र रेड्मी ए-वान प्लस ‘रेड्मीकै भरोसा’ अन्तर्गत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न डिजाइन गरिएका दाबी कम्पनीको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

रेड्मी ए१ र रेड्मी ए१प्लस विस्तृत दायरामा राम्रो गुणस्तरका साथ उपलब्ध छन् । यी स्मार्टफोनहरुमा उत्कृस्ट क्यामेरा, भरपर्दो ब्याट्री लाइफ, क्लासिक १६.५५ सेमीको रंगीन डिस्प्ले समावेश गरिएको छ । नन–स्टप मनोरञ्जन र गुणस्तरको अडियो अनुभवको लागि रेड्मी ए-वान र ए-वान प्लसमा शीर्ष स्पिकरहरू जडान गरिएको छ । यस उपकरण पूर्व–स्थापित एफएम रेडियो एपको साथ आउँनेछ । रेड्मी ए-वान र रेड्मी ए-वान प्लसमा ५ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ । रेड्मी ए-वान र रेड्मी ए-वान प्लस पावर अपको लागि मेडिया टेक हेलियो ए २२ चिपसेट जडित छ, जसको सहायताले फोटोग्राफी र भिडियोमा थप क्लारिटी प्रदान गर्दछ । रेड्मी ए१ र रेड्मी ए-वान प्लस दुवै क्लीन एन्ड्रोइड १२ मा चल्छन्, जसले यसलाई अझ छिटो र थप गोपनीयता प्रदान गर्न मद्दत गर्दछ । 


रेड्मी ए-वान र रेड्मी ए१प्लस दुवै एन्ट्री–लेभल डिजाइनको साथ तीन रंग ब्ल्याक, लाइट ग्रीन, लाइट ब्लु रंगमा उपलब्ध छ । यसको टेक्सचर्ड डिजाइनले फिंगरप्रिन्टहरू फोनमा रहन नदिन मद्दत गर्दछ जसले गर्दा फोन लामो समयसम्म नयाँ देखिन्छ । रेड्मी ए-वान प्लसमा रहेको रियर फिंगर प्रिन्ट सेन्सरले प्रयोगकर्ताहरूलाई सरलतापूर्वक फोन अनलक गर्न मद्दत गर्दछ ।


क्यामेरा
रेड्मी ए-वान र रेड्मी ए-वान प्लसमा रहेको ८ एमपी डुअल एआई क्यामेरा र ५ एमपी फ्रन्ट क्यामेरा सेटअपले प्रयोगकर्ताहरुलाई यादगार पलहरु सहज रूपमा क्याप्चर गर्न मद्दत गर्दछ । एड्भास सिग्नल प्रोसेसर र मोडहरू संयोजन गर्दै यस स्मार्टफोनमा प्रयोगकर्ताहरूले कुनै अवरोधबिना, भिडियो कलहरू मार्फत आफ्ना प्रियजनहरूसँग कुरा गर्न सक्छन् ।

क्वालीटी

प्रयोगकर्ताहरूले हरेक वर्ष आफ्नो फोन परिवर्तन नगरी नयाँ स्मार्टफोनको अनुभव लिन सकुन् भन्ने कुरा सुनिश्चित गर्दै, रेड्मी ए-वान ले ५ लाख पटक, कनेक्टरको टिकाउपन परीक्षण १० हजार पटक र माइक्रो ड्रप परीक्षण २८ हजार पटक गरिसकेको छ ।

मूल्य र उपलब्धता

रेड्मी ए-वान २ जीवी प्लस ३२ जीवी भेरियन्टमा ११ हजार ९९९ रुपैयाँ मूल्यमा, रेड्मी ए-वान प्लस २ जीवी प्लस ३२ जीवी भेरियन्ट  १२ हजार ४९९ रुपैयाँ र १३ हजार ९९९ मूल्यमादेखि देशभरका सबै अधिकृत विक्रेताहरुमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिकृया