• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

गोरखा २ मा मैले प्रतिस्पर्धी नै पत्ता लगाउन सकिनँ : प्रचण्ड

प्रकाशित मिति

२०७९ कार्तिक १८ गते, शुक्रबार ०६:३०

१८ कात्तिक २०७९, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ मा आफूले प्रतिस्पर्धी नै पत्ता लगाउन नसकेको प्रतिक्रिया दिएका छन्। आज गोरखा सदरमुकाममा भएको पत्रकार सम्मेलनमा गोरखा २ मा ‘तपाईंले कसलाई प्रतिस्पर्धी देख्नुहुन्छ’ भन्ने पत्रकारको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले प्रतिष्पर्धी नै पत्ता लगाउन नसकेको प्रतिक्रिया दिएका हुन्।


‘मैले त वास्तवमा कोही पनि प्रतिस्पर्धी नभएजस्तो मानेको छु। प्रतिस्पर्धी मैले पत्ता लगाउन सकिनँ,’ उनले भने, ‘प्रतिस्पर्धी देखेको पनि छैन, चिनेको पनि छैन।’ प्रचण्डले कात्तिक १२ र १३ मा गोरखामा ४४ वटा सभा गरेका थिए। आज ५ वटा सभालाई सम्बोधन गरेका छन्। आफूले यति धेरै सभा गर्दा पनि प्रतिस्पर्धी को हुन् भन्ने पत्ता लगाउन नसकेको उनको भनाइ थियो। गोरखा २ मा नेकपा एमालेबाट अब्दुस मियाँ, राप्रपाबाट सुशील पन्त, नेपाली कांग्रेस बिपीबाट टीकादत्त पोखरेललगायत उम्मेदवार छन्।

Kamana Sewa

प्रचण्डले आफू प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने पनि बताए। ‘साथीहरूले सम्भावित प्रधानमन्त्री भनिरहनुभएको छ। सम्भावित प्रधानमन्त्री त हुँ। तर म प्रधानमन्त्रीका लागि मरिहत्ते गरिरहेको छैन,’ उनले भने। गोरखामा कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी दल हुन्। गत वैशाखमा भएको स्थानीय चुनावमा एक्लाएक्लै प्रतिस्पर्धामा उत्रेका कांग्रेस र माओवादी अहिले भने गठबन्धन बनाएर चुनावी मैदानमा छन्। गोरखा १ मा कांग्रेस नेता राजेन्द्र बजगाईं उम्मेदवार छन्।

Classic Tech Desktop

प्रतिकृया