नेशनल लाईफले साधारण सभा आह्वान, लाभांश पारित गर्ने
प्रकाशित मिति
२०७९ कार्तिक १७ गते, बिहीबार १२:२८
१७ कात्तिक २०७९, काठमाडौँ : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे कार्तिक १६ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैँतीसाैँ वार्षिक साधारण सभा मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर ८ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।






प्रतिकृया