• ११ असोज २०८३, आइतबार
  • २ः३१ राती

च्याम्पियन्स लिग : युभेन्टसमाथि पीएसजीको जित

प्रकाशित मिति

२०७९ कार्तिक १७ गते, बिहीबार ०७:२३

१७ कात्तिक २०७९, काठमाडौँ : च्याम्पियन्स लिगअन्तर्गत समूह एचअन्तर्गत बुधबार राति भएको खेलमा पीएसजीले युभेन्टसमाथि २–१ गोल अन्तरको जित हात पारेको छ। बुधबार भएको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा खेलको १३ औं मिनेटमा नै किलियान एमबाप्पेले गोल गरेका थिए भने खेलको ६९ औं मिनेटमा नुनो मेन्डेसले अर्को एक गोल थपे।

National Life

खेलको ३९ औं मिनेटमा युभेन्टसका लियोनार्दो बोनुकीले गोल गरे पनि टोलीको हार भने टार्न सकेनन्। यससँगै पीएसजीले समूह जीमा ६ खेलबाट १४ अंक हात पारेको छ। बेन्फिकासँग समान अंक र गोल अन्तर भए पनि पीएसजी समूहको दोस्रो स्थानमा छ।

प्रतिकृया