• २१ भदौ २०८३, आइतबार
  • ९ः५६ राती

सन् २०३५ देखि पेट्रोल र डिजेलबाट चल्ने कार प्रतिबन्ध गर्ने प्रस्ताव युरोपेली संघद्वारा पारित

प्रकाशित मिति

२०७९ कार्तिक १२ गते, शनिबार ०८:२६

१२ कात्तिक २०७९, एजेन्सी : युरोपेली संघ (ईयू) ले सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न डिजेल र पेट्रोलबाट चज्ने कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान युरोपेली संघका देशहरू सहमत भएका हुन् ।

National Life

उक्त प्रस्तावसम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानुन पारित गर्ने युरोपियन संसद र कार निर्माता कम्पनी पनि २०३५ देखि डिजेल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् । नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने छ ।

प्रतिकृया