• १३ असोज २०८३, मंगलबार
  • ५ः०१ बेलुका

नेपालमा पनि सुटिङ भएको बलिउड फिल्म उचाईमा ढाका टाेपी ढल्काउँदै ‘केटीकाे’ गीतमा नाचे अमिताभ, डेनी, बोमन र अनुपम (भिडिओ)

प्रकाशित मिति

२०७९ कार्तिक ६ गते, आईतवार १२:४४

६ कार्तिक २०७९, काठमाडौँ: नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’को गीत सार्वजनिक भएको छ । शनिबार ‘केटीको’ बोलको गीत सार्वजनिक गरिएको हो । नकाज अजिजको स्वर रहेको गीतमा इर्साद कमिलको शब्द र अमित त्रिवेदीको संगीत छ ।

National Life

गीतको भिडिओमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा र बोमन इरानी देखिएका छन् । गीतको भिडिओमा चारै जनाले नेपाली ढाका टोपी ढल्काएर नाचेका छन् । फिल्ममा बुढेसकालमा हिमाल चढ्न चाहने अमिताभ, बोमन र अनुपमको कथा देखाइएको छ। जसमा उनीहरूलाई सगरमाथासम्म पुर्‍याउने जिम्मा परिणिती चोपडाले पाएकी छन् ।


यो फिल्मको ६० प्रतिशत छायांकन नेपालमा गरिएको हो। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन् । नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बइमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन् । राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन र अनुपम, परिणितीसँगै डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसनको मुख्य भूमिका छ । फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन् ।


मनोजकुमार खतोइले छायांकन गरेको फिल्मलाई श्वेता वेंकट म्याथ्यूले सम्पादन गरेका हुन् ।

यो फिल्म आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रतिकृया