• १२ असोज २०८३, सोमबार
  • १ः०२ राती

सन्दीपलाई थप दुई दिन थुनामा राखी अनुसन्धान गर्न आदेश

प्रकाशित मिति

२०७९ कार्तिक ६ गते, आईतवार ११:४४

६ कार्तिक २०७९, काठमाडौँ: जिल्ला अदालत, काठमाडौँले सन्दीप लामिछानेलाई अन्तिमपटक थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरीले आइतबार सन्दीपलाई म्याद थपका लागि अदालत लगेको थियो । थप दुई दिन थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

National Life

तिहारको भोलिपल्टदेखि थुनछेक बहस सुरु हुने भएको छ। अदालतले थुनछेक बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ । १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौँको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक-पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन् ।


यसैबीच नाबालिकलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेका सम्बन्धमा प्रहरीले प्रारम्भिक अनुसन्धान लगभग पूरा गरेको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मुलुकी फौजदारी अपराधसंहिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधानअनुसार १२ वर्षसम्मको कैद सजाय मागदावी हुनुपर्ने प्रहरीले प्रतिवेदनमा सुझाव रहेको जनाइएको छ ।


सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । सन्दीपले आफू निर्दोष रहेको र किशोरी नाबालिक पनि नरहेको दावी गर्दै आएका छन्। उनका वकिलले किशोरीका दुईवटा जन्मदर्ता भेटिएको दाबी गर्दै आएका छन् ।

प्रतिकृया