• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

हकप्रदको पैसा जम्मा गर्न आईएमई लाइफको आग्रह

प्रकाशित मिति

२०७९ कार्तिक १ गते, मंगलवार ०२:३९

१ कार्तिक २०७९, काठमाडौँः आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीको हिजो असोज ३१ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीलाई सेयर बापतको थप शतप्रतिशत रकम जम्मा गर्न अनुरोध गरेको हो । संस्थापक सेयरधनीहरुले सिद्धार्थ बैंकमा रहेको खाता नं ५५५००३५८८१४ र नबिल बैंकमा रहेको खाता नं ००२०१०१७५०५३७८ मा रकम जम्मा गर्न सक्नेछन् ।


कम्पनीले हकप्रद निष्कासन गर्न बीमा समितिबाट स्वीकृति पाइसकेको छ । यसअघि नै असोज २६ गते बुधबार सम्पन्न भएको कम्पनीको पाँचौ वार्षिक साधारण सभाले पूँजी वृद्धिका लागि संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शतप्रतिशत बराबरको हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित परेको थियो ।

Kamana Sewa

प्रतिकृया