• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

ज्योति लाईफको १९ प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण हुने

प्रकाशित मिति

२०७९ आश्विन ३१ गते, सोमबार १०:१३

३१ असोज २०७९, काठमाडौँः ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिमार्र्जन हुने भएको छ । हाल संस्थापक साधारण सेयरधनीहरुको स्वामित्व ७०ः३० को अनुपातमा रहेकोमा त्यसलाई परिमार्जन गरि अब ५१ः४९ को अनुपात कायम गर्ने भएको छ । इन्स्योरेन्सको भदौ २४ गते सम्पन्न विशेष साधारणसभाले सेयर संरचना परिमार्जनको प्रस्ताव पारित गरेको थियो ।


कम्पनीका कोहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वको संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गर्न ईच्छुक नभएमा सोहि अनुसारको स्वघोषणा गरि यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर काठमाण्डौ वा कम्पनीको इमेल ठेगाना [email protected] मा उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

Kamana Sewa

प्रतिकृया